फेन्सिङ खेलबारे प्रशिक्षण

काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्चको एनएसजेएफ एकेडेमी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा शुक्रबार फेन्सिङ खेलबारे एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।

फेन्सिङ खेलबारे प्रशिक्षण

एनएसजेफ एकेडेमीले नो योर गेमअन्तर्गत यसपालि फेन्सिङ खेलसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा आयोजित प्रशिक्षणमा कुल ३० खेलपत्रकार सहभागी भएका थिए । कार्यक्रममा संंघका महासचिव सुजनलाल श्रेष्ठ, फेन्सिङका प्रमुख प्रशिक्षक अभिषेक कार्की र कोषाध्यक्ष अनुप कपालीले फेन्सिङ खेलको इतिहास र प्राविधिक पक्षमा प्रशिक्षण दिए । श्रेष्ठले विश्व फेन्सिङ र नेपालको इतिहास, कार्कीले खेलको तीन विधा फोइल, इपी र साब्रेको प्राविधिक पक्ष र कपालीले स्कोरिङ सिस्टमबारे खेलपत्रकारलाई प्रशिक्षित गराए । राष्टिय खेलाडीहरूले डेमोस्ट्रेसन गरेका थिए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटनका अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठले खेलका प्राविधिक पक्षबारे ज्ञान हुँदा मात्र पत्रकारले विश्लेषणात्मक समाचार उठान गर्ने भएकाले यो प्रशिक्षण कार्यक्रम उपलब्धिमूलक हुने बताए । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले कुनै पनि खेलबारे प्राविधिक पक्षको ज्ञान अभाव हुँदा ती खेलको रिपोर्टिङमा पत्रकारको चासो कम हुने उल्लेख गर्दै यो प्रशिक्षणपछि फेन्सिङमा उक्त समस्या नआउने धारणा राखे ।

नेपाल फेन्सिङ संघका अध्यक्ष सुनील श्रेष्ठले निकै चुनौतीपूर्ण अवस्थाका बाबजुद नेपालमा यो खेललाई उचाइमा पुर्‍याएको बताए । एनएसजेफ एकेडेमीले ‘नो योर गेम’ सिरिजअन्तर्गत सञ्चालन गरेको यो पाँचौं खेलको प्रशिक्षण हो । यसअघि बक्सिङ, रक क्लाम्बिङ, ब्याडमिन्टन र भलिबल खेलबारे पत्रकारलाई प्रशिक्षण दिइएको थियो ।

प्रकाशित : जेष्ठ २०, २०७९ २२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?