कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एभरेष्ट म्याराथुनको उपाधी नेपाली सेनाका तामाङलाई 

भानुभक्त निरौला

सोलुखुम्बु — अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित एभरेष्ट म्याराथुनमा नेपाली आर्मीका तिर्थबहादुर तामाङ पहिलो विजेता बनेका छन् । सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किलोमिटरको दुरी ३ घण्टा ५१ मिनेट ९ सेकेण्डमा पार्दै तामाङ विजेता बनेका हुन् ।

एभरेष्ट म्याराथुनको उपाधी नेपाली सेनाका तामाङलाई 

त्यस्तै, म्याराथुनमा खुम्बु पासाङल्हामू २ लुक्लाका राजकुमार राजभण्डारी दोस्रो बनेका छन् । उनले निर्धारित दुरी ३ घण्टा ५१ मिनेट ५९ सेकेण्डमा पारे गरे भने सोलुखुम्बु महाकुलुङका सुमन कुलुङ तेस्रो बनेका छन् । सुमनले ३ घण्टा ५३ मिनेट १० सेकेण्डमा दुरी पार गरेका थिए । डेढसयभन्दा बढि नेपाली र विदेशीधावक सहभागी म्याराथुनको नाम्चे महिला समूहले आयोजना गरेको हो ।

त्यस्तै २१ किलोमिटरको हाफ म्याराथुनमा जर्मनीका भेरेना स्किमेर विजेता बनेका छन् । उनले निर्धारित दुरी ३ घण्टा ६ मिनेट ३४ सेकेण्डमा पार गरेका हुन् । दिङबोचे देखि नाम्चेबजर सम्मको दुरीको हाफ म्याराथुनमा रोमानियाका एलेना सेर्कु दोश्रो तथा जर्मनकै डिटेनर स्टभ तेश्रो बनेको नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए ।

विजयी पहिलो, दोश्रो र तेश्रोलाई क्रमश: नगद पुरस्कार १ लाख, ७५ हजार र ५० हजार प्रदानगरिएको छ । हरेकबर्ष एभरेष्ट म्याराथुनको आयोजना गरिँदै आएको छ ।


प्रकाशित : जेष्ठ १५, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?