कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

टासी र आनन्दको टिम पहिलो

काठमाडौँ — टासी छिरिङ र आनन्द गुरुङको टिमले १४ अन्डर ५८ खेल्दै ‘गोकर्ण कप्तान कप’ को उपाधि जितेको छ । गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न सोसल गल्फमा रवीन्द्र तिवारी र मनोहरदास मूलको टिमलाई दुई स्ट्रोकले पराजित गर्दै सफलता हात पारेको हो ।

टासी र आनन्दको टिम पहिलो

स्क्र्याम्बल फर्म्याटका आधारमा आयोजित १८ होलको प्रतियोगितामा रवीन्द्र र मनोहरको टिमले १२ अन्डर ६० स्कोर गरे । कश्मिरा शाह र सुमोद बस्ताकोटीको टिम ११ अन्डर ६१ सहित तेस्रोमा रहे । सद्भाव आचार्य र मधुरलाल सिन्हा तथा वान्चेन ढोन्डुप र टीजी श्रेष्ठको टिमले समान १० अन्डर ६० प्रदर्शन गरे । सुरेन्द्र फुयालले लङगेस्ट ड्राइभ र तुलसी भट्टले क्लोजेट टु दि पिनको अवार्ड जिते । एकदिने प्रतियोगितामा ४४ टिममा रहेर ८८ सोसल गल्फरले प्रतिस्पर्धा गरेका थिए ।


प्रकाशित : जेष्ठ १५, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?