पारा साइक्लिङ प्रतियोगितामा रामचन्द्र र गोपाल विजयी

काठमाडौँ — रामचन्द्र काफ्ले र गोपाल मोक्तान शनिबार पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा विजेता बनेका छन् । रामचन्द्रले शारीरिक अपाङ्गको एम्पुटी र गोपालले कुष्ठरोग प्रभाविततर्फ सफलता पाएका हुन् ।

पारा साइक्लिङ प्रतियोगितामा रामचन्द्र र गोपाल विजयी

राष्ट्रिय पारा साइक्लिङ संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको एम्पुटीतर्फ सुजन भण्डारी दोस्रो र कृष्ण गुरुङ तेस्रो भए । कुष्ठरोग प्रभाविततर्फ बाबुलाल शरण दोस्रो र विनोद गैरे तेस्रो भए ।

विजेतालाई नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, राष्ट्रिय पारा साइक्लिङ संघका अध्यक्ष प्रकाश चिलवाललगायतले पुरस्कृत गरे । एकदिने प्रतियोगितामा १६ प्रतिस्पर्धी सहभागी थिए ।

ह्विलचियरमा डिगमलाई स्वर्ण राष्ट्रिय पारा टेबलटेनिसको ह्विलचियरको पुरुष सिंगल्समा डिगमसिंह चेम्जोङ च्याम्पियन भएका छन् । रमेश खत्री दोस्रो तथा भरतबहादुर कार्की र अर्पण सुनुवार राई तेस्रो स्थानमा रहे । सोही विधाको महिलातर्फ लली तामाङले स्वर्ण र रजनी राईले रजत पदक जिते । निर्मला भण्डारी र संगीता माझी संयुक्त तेस्रो स्थानमा रहँदै कांस्य जित्न सफल भए ।

राष्ट्रिय पारा टेबलटेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष सिंगल्स स्ट्यान्डिङमा विवेक राई विजेता भए । स्वीकृत न्यौपाने दोस्रो तथा अजय विक र दीपक नकल तेस्रो भए । महिलातर्फ अस्मिता बुढाले स्वर्ण, पूजा सोतीले रजत तथा आशा हमाल र मेनुका गौतमले कांस्य पदक हात पारे ।


प्रकाशित : जेष्ठ १५, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?