२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सञ्जीव र भीष्मा विजयी

हेटौंडा — गणतन्त्र दिवसको अवसरमा हेटौंडामा शनिबार आयोजित खुला दौड प्रतियोगितामा पुरुषतर्फ सञ्जीव मिजार र महिलातर्फ भीष्मा बस्नेत विजयी भएका छन् । प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित दौड प्रतियोगितामा सञ्जीवले ६ किलोमिटर दूरी २३ मिनेट २६ सेकेन्डमा पूरा गरे । 

भीष्माले उक्त दूरी २७ मिनेट ३८ सेकेन्डमा पार गरिन् । विजेता दुवैल समान १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । नारायण जीसीले २३ मिनेट ३१ सेकेन्ड र गणेशबहादुर कुँवरले २३ मिनेट ४७ सेकेन्डबाट दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । महिलातर्फ वसन्ती गोले (२८ मिनेट ४२ सेकेन्ड) र दुर्गा स्वाती (३० मिनेट ३५ सेकेन्ड) दोस्रो र तेस्रो भए । दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाए ।

दौड बुद्धचोकबाट सुरु भएको थियो । स्पर्धामा ५८ पुरुष र ९ महिलाले प्रतिस्पर्धा गरेका थिए


प्रकाशित : जेष्ठ १५, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?