२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बेंगलोरलाई हराउँदै राजस्थान आईपीएलको फाइनलमा

काठमाडौँ — जस बटलरले बनाएको अविजित शतकमा राजस्थान रोयल्सले शुक्रबार रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को फाइनल यात्रा तय गरेको छ । अब उपाधि भिडन्तको उसको सामना गुजरात टाइटन्ससँग हुनेछ ।

बेंगलोरलाई हराउँदै राजस्थान आईपीएलको फाइनलमा

विश्वकै सबैभन्दा बढी दर्शक क्षमताको रंगशालामा जितका लागि १ सय ५८ रन पछ्याएको राजस्थानका लागि प्रारम्भिक ब्याट्सम्यान बटलरले ६० बलमा १ सय ६ रन बनाए र टिम १८.१ ओभर भित्र तीन विकेट गुमाएर १ सय ६१ रन बनाउन सफल रह्यो ।

दोस्रो क्वालिफायरमा बटलरले १० चौका र छ छक्का प्रहार गरे । यस अगाडि बेंगलोरका लागि रजत पटिदारले ४२ बलमा ५८ रन बनाएका थिए । फाइनल अहमदाबादमै रंगशालामा आइतबार हुनेछ ।

प्रकाशित : जेष्ठ १४, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?