ईपीएल पुग्यो सर्वोच्च

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) को कदमविरूद्ध एभरेस्ट प्रिमियर लिग (ईपीएल) र त्यसका फ्रेन्चाइज टोली सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् । ईपीएलले क्यानसँग पाँचौं संस्करण आयोजना गर्न माग गरेको थियो ।

ईपीएल पुग्यो सर्वोच्च

तर क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग साझेदार गर्दै सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म नेपाल टी–२० लिग आयोजना घोषणा गर्दै एउटा देशमा एकमात्र फ्रेन्चाइज लिग हुने जनाएको थियो । नेपाल टी–२० लिगको घोषणा गरेपछि ईपीएलको अस्तित्व संकटमा परेको छ । क्यानको निर्णयले आफूहरू दुःखी हुन पुगेको ईपीएल र त्यसका ६ फ्रेन्चाइज टोलीले जनाएका थिए ।

क्यान आफ्नो निर्णयमा यथावत रहेमा आफूहरूले क्यानको कार्यक्रम बहिष्कार गर्ने चेतावनी ईपीएल र सम्बन्धित फ्रेन्चाइज टोलीले दिएका थिए । ईपीएलले धम्कीपूर्ण भाषा प्रयोग गरेको जनाउँदै क्यानले त्यसमा आपत्ति जनाएको थियो । ईपीएलले क्यान र सेभेन थ्री स्पोर्ट्ससँग गरेको सम्झौता कानुन विपरीत रहेको जनाउँदै यसलाई तत्काल रोक्का गर्न अन्तरिम आदेशको मागसहित बिहीबार सर्वोच्चमा रिट दायर गरेको जनाएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?