२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गर्ल्समा रोयल च्याम्पियन

काठमाडौँ — रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाटरिन महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । गोदावरी अल्मुनाइ एसोसिएसन (जीएए) ले आयोजना गरेको प्रतियोगिताको बिहीबार फाइनलमा रोयलले घरेलु कोर्टमा जेभियर कलेजलाई ४२–१२ स्कारले हरायो । रोयलकी प्रतीक्षा मगरले ११ स्कोर जोडिन् ।

गर्ल्समा रोयल च्याम्पियन

रोयल सबै क्वाटरमा अगाडि रह्यो । १३–२ को अग्रता साथ क्वाटर सुरु गरेको रोयलले दोस्रोमा ६–६ ले बराबरी खेल्यो । तेस्रोमा १७–० र चौथोमा ६–४ को प्रदर्शन गर्दै रोयलले फराकिलो स्कोरमा जित रच्यो ।

रोयलले २५ हजार र जेभियरले १५ हजार रुपैयाँ पुरस्कार पाए । रोयलकी मीना गुरुङ मोस्ट भ्यालुएबल प्लेयर घोषित भइन् । आईएसए नेपाल उदीयमान टिम चुनियो । विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र जीएएका अध्यक्ष प्रकाशबाबु केसीले पुरस्कृत गरे ।

शुक्रबारदेखि पाठशालामा बास्केटबल

पाठशाला नेपाल फाउन्डेसनको आयोजनामा पाठशाला कप एसईई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबार सुरु हुनेछ । प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने छ । सहभागीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेलाइने छ । समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह ‘बी’ मा रोजबड, संस्कृति, आयोजक पाठशाला र ह्वाइटफिल्ड छन् । तीनदिने प्रतियोगिता बानेश्वरस्थित आयोजक पाठशालाकै कोर्टमा खेलाइने छ ।

प्रकाशित : जेष्ठ १२, २०७९ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?