२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रोमाले जित्यो युरोपा कन्फरेन्स लिग

काठमाडौँ — एएस रोमाले बुधबार फायनउडलाई हराएर पहिलो संस्करणको युरोपा कन्फरेन्स लिग जितेको छ । प्रशिक्षक जोसे मोउरिन्होले क्लब सम्हालेको पहिलो सिजनमै रोमाले उपाधि जितेको हो ।

रोमाले जित्यो युरोपा कन्फरेन्स लिग

खेलको एक मात्र गोल निकोलो जानिलोले ३२ औं मिनेटमा गरे र यो जितपछि पोर्चुगाली प्रशिक्षक मोउरिन्हाले निकै भावनात्मक देखिए । उनी युरोपेली फुटबलका सबै उपाधि जित्ने पहिलो प्रशिक्षक पनि बनेका छन् ।

उनले यसअघि युरोपेली च्याम्पियन्स लिग, युरोपा लिग र यूईएफकप जितिसकेका छन् । युरोपा कन्फरेन्स लिग युरोपेली क्लब फुटबलको तेस्रो वरीयताको प्रतियोगिता हो र यो यही सिजनबाट सुरु भएको हो ।

प्रकाशित : जेष्ठ १२, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?