१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

क्रिकेट खेलाडीको तलब वृद्धि

काठमाडौँ — नेपाल क्रिकेट संघको आयोजनामा हुने आधिकारिक फ्रेन्चाइज क्रिकेट लिग नेपाल ट्वान्टी–२० खेल्ने ६ टिमको नाम बुधबार सार्वजनिक गरिएको छ । क्यान बोर्ड बैठकले गरेको निर्णयअनुसार प्रतियोगितामा सहभागी हुने टिमको नाम विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न रहेका छन् ।

क्रिकेट खेलाडीको तलब वृद्धि

प्रतियोगिता असोज ८ देखि कात्तिक ५ सम्म राजधानीमा हुनेछ । बैठकले नेपाल ट्वान्टी–२० लिगबाहेक अन्य कुनै पनि फ्रेन्चाइज लिगलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेको छ । हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेन्चाइज लिगहरूले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गरिने जनाएको छ । संघको आफ्नै आधिकारिक लिग हुने भएकाले अन्य लिगहरूलाई राष्ट्रिय मान्यता नदिने तर क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने बताइएको छ । सोही बैठकले खेलाडी र अन्य सहयोगी कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरेको छ । यो तलब वृद्धि अप्रिलबाट लागू हुनेछ ।

त्यसअनुसार नेपाली राष्ट्रिय फुटबल टिमका सेन्ट्रल कन्ट्रयाक्टमा रहने खेलाडीको मासिक तलबमा १० हजार, महिला खेलाडीमध्ये ए र बी श्रेणीको ६ हजार र सी श्रेणीको ५ हजार रुपैयाँले वृद्धि गरिएको छ । सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक ३ हजार, मैदान कार्यालय सहयोगीको ५ हजार र क्युरेटरको ६ हजार रुपैयाँ बढाइएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?