१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आईपीएल : बेंगलोर क्वालिफायर-टु पुगेपछि लखनउ बाहिरियो

काठमाडौँ — रजत पाटीदारले बनाएको आक्रामक शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिगमा बुधबार लखनउ सुपर जायन्टसलाई १४ ले हराएर क्वालिफायर ‘टु’ मा प्रवेश गरेको छ ।

आईपीएल : बेंगलोर क्वालिफायर-टु पुगेपछि लखनउ बाहिरियो

अब फाइनल प्रवेशका लागि शुक्रबार हुने इलिमिनेटरमा बेंगलोरको सामना राजस्थान रोयल्ससँग हुनेछ । हारले लखनउ भने प्रतियोगिताबाट बाहिरियो । गुजराट टाइटन्स भने यसअघि नै फाइनल पुगिसकेको छ ।

इडेन गार्डेनमा भएको खेलमा पाटीटारले ५४ बलमा १ सय १२ रन बनाए र बेंगलोरले चार विकेट गुमाएर २ सय ७ रन बनायो । जवाफमा केएल राहुलले ५८ बलमा ७९ रन बनाए पनि लखनउले ६ विकेटमा १ सय ९३ रन मात्र बनाउन सक्यो ।

प्रकाशित : जेष्ठ १२, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?