टेनिस खेलाडी छनोट

काठमाडौँ — आईटीएफ एसिया यू–१२ टिम प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली क्षेत्रीय क्वालिफाइङका लागि ६ जना नेपाली टेनिस खेलाडी छनोट भएका छन् । ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल, असभसम्राट हाडा तथा गर्ल्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिष्ठा नुगाह श्रेष्ठ छानिए ।

क्वालिफाइङ जुन १३ देखि १८ सम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । सातै राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । ब्वाइज/गर्ल्समा पहिलो र दोस्रो हुने राष्ट्र फाइनल प्रतियोगिताका लागि छनोट हुनेछन् । फाइनल प्रतियोगिता काजकिस्तानमा हुँदै छ ।


प्रकाशित : जेष्ठ १२, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?