क्रिकेटरलाई ज्यापको सामग्री

काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसहित ६ राष्ट्रिय खेलाडीलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ज्याप क्रिकेटले प्रायोजन गरेको छ ।

क्रिकेटरलाई ज्यापको सामग्री

कप्तान सन्दीप, विनोद भण्डारीसहित युवा क्रिकेटर सुनील धमला, भीम सार्की, देव खनाल र आदिल अन्सारीलाई ज्यापले एक वर्षका लागि क्रिकेट किट प्रदान गरेको हो । बुधबार राजधानीमा आयोजित कार्यक्रममा खेलाडी र ज्याप नेपालले प्रायोजन सम्झौता गरे । सम्झौताको रकम भने खुलाइएको छैन । अब खेलाडीले सबैखाले प्रतियोगितामा ज्यापको ब्याटलगायत अरू सामग्री प्रयोग गर्नेछन् ।

यसअघि ज्यापले राष्ट्रिय महिला क्रिकेटर सवनम राईलाई प्रायोजन गरेको थियो ।

ज्यापका संस्थापक सीईओ भव्य भारद्वाजले आगामी दिनमा अरू क्रिकेटरलाई समेत प्रायोजन गर्ने वचन दिए । उनले नेपाली क्रिकेटले पछिल्लो समय गरेको प्रगति उत्साहजनक रहेको बताउँदै क्रिकेटरलाई विश्वस्तरीय क्रिकेट सामग्री प्रदान गरेर खेलस्तर उकास्ने कम्पनीको लक्ष्य रहेको सुनाए ।

प्रकाशित : जेष्ठ ११, २०७९ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?