कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
नीति तथा कार्यक्रम

गैंडाकोटमा अन्तर्राष्ट्रिय खेलग्राम बन्ने

काठमाडौँ — धनगढीमा अभियानको रूपमा रहेको फाप्ला क्रिकेट रंगशालालाई सरकारले नीति तथा कार्यक्रममा समेट्दै निर्माण सुरु गर्ने जनाएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ, ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण सुरु गरिनेछ ।’

गैंडाकोटमा अन्तर्राष्ट्रिय खेलग्राम बन्ने

अन्य भौतिक पूर्वाधारलाई पनि उल्लेख गरिएको छ, ‘चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी काम टुंगोमा पुर्‍याउन समन्वय र सहजीकरण गरिनेछ । गैंडाकोटमा बीपी कोइराला अन्तर्राष्ट्रिय खेलग्राम स्थापना गरिनेछ । उच्च भूभागीय खेलकुद तालिम केन्द्र निर्माण गरिनेछ ।’

त्यस्तै, खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन अघि बढाउने र देशका सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्दै जाने नीतिलाई पनि दोहोर्‍याइएको छ ।

साहसिक तथा पर्वतीय खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गर्ने, खेलाडीलाई मापदण्ड बनाएर पुरस्कार, भत्ता, बिमा, आकस्मिक सहयोग उपलब्ध गराउने तथा खेलाडीको स्तरवृद्धिका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता एवं प्रशिक्षणमा सहभागी हुने अवसर उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?