१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

यू–२३ बास्केटबलमा टाइम्स र रोयल भिड्ने

काठमाडौँ — टाइम्स कलेज र आयोजक रोयल स्पोर्ट्स सेन्ट्रल मंगलबार जीएए तेस्रो रोयल यू–२३ पुरुष बास्केटबल प्रतियोगिताको फाइनल पुगेका छन् । टाइम्सले विशाल मिलन केन्द्र (बीएमके) लाई ८७–६५ स्कोरले हरायो । टाइम्सबाट श्रेयश शाहले २० स्कोर गरे ।

यू–२३ बास्केटबलमा टाइम्स र रोयल भिड्ने

रवि पौडेलको २१ अंक सहयोगमा अघिल्ला दुवै संस्करणको विजेता रोयलले अन्माइस नेपाललाई ८७–५१ ले हरायो । फाइनल बुधबार हुनेछ ।

गर्ल्समा रोयल र जेभियर

रोयल स्पोर्ट्स सेन्ट्रल र जेभियर कलेज फादर वाटरिन स्मृति महिला खुला बास्केटबल प्रतियोगितामा मंगलबार फाइनल पुगेका छन् । राउन्ड रोबिन लिगमा रोयल विजेता र जेभियर उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।

गोदावरी अल्मुनाई एसोसिएसन (जीएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले नयाँबजार क्लब कीर्तिपुरलाई ३४–१७ स्कोरले पाखा लगायो । रोयलकी प्रतीक्षा मगरले १४ स्कोर गरिन् । जेभियरले आईएसए नेपाललाई २८–१९ ले पन्छायो । जेभियरकी कृति चौधरीले ८ स्कोर जोडिन् । फाइनल बिहीबार हुनेछ ।

प्रकाशित : जेष्ठ १०, २०७९ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?