१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

टेनिसमा प्रशंसालाई तेस्रो रजत पदक

काठमाडौँ — नेपाली टेनिस खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यू–१४ टेनिस प्रतियोगिताको सर्किट–२ मा रजत पदक जितेकी छन् । उनले सिंगल स्पर्धामा पदक जितेकी हुन् ।

टेनिसमा प्रशंसालाई तेस्रो रजत पदक

दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा सम्पन्न फाइनलमा प्रशंसा रुसकी एलेक्जेन्ड्रासँग ६–२, ६–३ को सोझो सेटमा पराजित भएकी थिइन् । सर्किट–१ मा पनि प्रशंसा एलेक्जेन्ड्रासँगै २–० को सेटमा पराजित हुँदै रजतमै चित्त बुझाउनुपरेको थियो । सर्किट–१ मा प्रशंसाले गर्ल्स डबल्समा पनि रजत जितेकी थिइन् । सर्किट–२ को डबल्समा भने उनी पहिलो चरणबाटै बाहिरिइन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?