कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बोधित र वियंका च्याम्पियन

काठमाडौँ — सुनसरीका बोधित डिसी र एपीएफ क्लबकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिसमा सोमबार स्वर्ण पदक जितेका छन् । जुनियर सिंगल्स ब्वाइजमा बोधित र गर्ल्समा वियंका च्याम्पियन भए ।

बोधित र वियंका च्याम्पियन

स्पिन इभेन्ट्सद्वारा आयोजित स्पर्धाको फाइनलमा बोधितले एपीएफका रुविन महर्जनलाई ११–६, ११–९, ११–६ को सोझो सेटमा हराए । एजीएका हिमाल विष्ट र पुलिसका धनन्जय दाहाल तेस्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा गर्ल्स फाइनलतर्फ वियंकाले आर्मीकी दिया देउलालाई ११–७, ११–३, ११–६ ले हराइन् । आदर्श विद्या मन्दिरकी आश्मा पहरी र काठमाडौंकी इना डंगोल तेस्रो भए ।

यसअघि भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि काठमाडौंका चन्दन शाही र ५० वर्षमाथि एलडीटीटीएका राजेन्द्र वज्राचार्य विजेता बनेका थिए । यू–१२ सिंगल्स ब्वाइजमा एभरेस्टका आर्यन शाही र गर्ल्समा प्रहरीकी शुभश्री श्रेष्ठ तथा क्याडेट सिंगल्स ब्वाइजमा सुनसरीका सिद्धार्थ तामाङ र गर्ल्समा एपीएफकी इभाना थापा मगरले पहिलो स्थान हात पारेका थिए ।

जुनियर सिंगल्समा विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५–५ हजार नगद पुरस्कार पाए । ६ स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र समान २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाए ।

ब्वाइजमा गोड स्पिनका रिवान वज्राचार्य, ललितपुरका रिजन शाक्य र एमआईएसका विशाल थापा उदीयमान खेलाडी घोषित भए । गर्ल्समा एएनएस १९८० की अंकिता वज्राचार्य, अरुणिकी इच्छा चापागाईं र माउन्ट भ्यालीकी आशिका कासिछ्वा उदीयमान खेलाडी बने ।

विजेतालाई काठमाडौं महानगर ७ का वडाध्यक्ष कुलबहादुर महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, आयोजक स्पिनका अध्यक्ष सुमन शाक्य, टेबलटेनिसकी आठपटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ, छपटकका राष्ट्रिय च्याम्पियन अमन चित्रकार, स्व. मिलन श्रेष्ठका परिवारलगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७९ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?