मिलानले जित्यो सिरी ‘ए’

एएफपी

मिलान — एसी मिलानले ससुलोलाई ३–१ ले पराजित गर्दै आइतबार इटालीको सिरी ‘ए’ उपाधि जितेको छ । उसको जितमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केसीले एक गोल गरे । मिलानले सन् २०१०–२०११ मा अन्तिम पटक लिग जितेको थियो र त्यसको एक दशकभन्दा बढी समयपछि सफलता दोहोर्‍याउन सफल भएको छ ।

मिलानले जित्यो सिरी ‘ए’

यो जितपछि मिलानको ८६ अंक भएको छ । अन्तिम दिनको खेलमा लिग जित्नका लागि उसलाई कम्तीमा हार टार्न आवश्यक थियो । उसको नजिकको प्रतिद्वन्द्वी तथा छिमेकी इन्टर मिलान ८४ अंकमा दोस्रो स्थानमा

रह्यो र उसले साम्पडोरियालाई सानसिरोमा भएको खेलमा समान ३–० ले नै पराजित गर्‍यो । तर डिफेन्डिङ च्याम्पियनका रूपमा इन्टरले उपाधिको रक्षा भने गर्न सकेन । साम्पडोरियाविरुद्ध उसका लागि ज्याकक्विन कोरेआले दुई तथा इभान पेरिसिचले एक गोल गरे । लिगको तेस्रो तथा चौथो स्थानमा रहेर नेपाली तथा युभेन्ट्सले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्नेछन् । यस्तै लाजियो र एएस रोमाले युरोपा लिग खेल्नेछन् ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?