२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३
सिटीको उत्कृष्ट कमब्याक

एस्टन भिल्लालाई ३-२ ले हराउँदै उचाल्यो ईपीएल उपाधि

काठमाडौँ — दोस्रो हाफको अन्तिमतिर गरेको ३ गोलको मद्दतमा म्यानचेस्टर सिटीले २०२१/२०२२ को इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार इतिहाड रंगशालामा एस्टन भिल्लाविरुद्ध २ गोलले पछि परेको अवस्थामा म्यानचेस्टर सिटीले रोमाञ्चक जित हात पारेको हो ।

एस्टन भिल्लालाई ३-२ ले हराउँदै उचाल्यो ईपीएल उपाधि

पहिलो हाफमै १-० को अग्रता बनाएको एस्टन भिल्लाले ६९औं मिनेटमा २-० को अग्रता बनाएको थियो ।

भिल्लाका लागि म्याटी क्यासले ३७‍औं र फिलिप कोटिन्होले ६९औं मिनेटमा गोल गरेका थिए । अर्कोतिर लिभरपुल र उल्भ्सबीचको खेल बराबरी चलिरहँदा उपाधि जित्न सिटीलाई कम्तीमा पनि बराबरी नतिजा निकाल्नुपर्ने अवस्था थियो ।

लिभरपुलले खेल जितेको अवस्थामा सिटीलाई स्पष्ट जितसहित ३ अंक नै आवश्यक थियो । उल्भ्ससँगको खेल लिभरपुलले पनि ३-१ ले जित हात पारे पनि एक अंकले सिटीले उपाधि उचाल्न सफल भयो ।

सिटीका लागि जर्मन खेलाडी इल्काई गुन्डोआनले पहिलो गोल गरेका थिए । सिटीले ५ मिनेटको अन्तरालमै ३ गोल गरेको हो । गुन्डोआनले ७६औं मिनेटमा र ८१औं मिनेटमा गोल गरे भने ७८औं मिनेटमा स्पेनी खेलाडी रोद्रीले दोस्रो गोल गरेका थिए ।

पेप ग्वार्डिओलाको टिम सिटी पाँच वर्षमा चौथोपल्ट उपाधि जित्न सफल भएको छ । सन् २०१८ यता २०२० मा लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको थियो । त्यसबाहेक सबै उपाधि सिटीले जितेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ २३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?