कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
पारा राष्ट्रिय खेलकुद

पिस युनाइटेड च्याम्पियन

काठमाडौँ — पिस युनाइटेडले पारा राष्ट्रिय खेलकुदअन्तर्गत एम्पुटी राष्ट्रिय पुरुष फुटबलको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनलमा पिसले एक्स आर्मीलाई २–१ गोलले हरायो । पिसका सुजन कार्की र सुदीप चापागाईंले गोल गरे । आर्मीका राजु श्रेष्ठले एक गोल फर्काए ।

पिस युनाइटेड च्याम्पियन

एम्पुटी खेलकुद समाजको तत्त्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा पिसका सुदीप उत्कृष्ट खेलाडी चुनिए । उनले प्रतियोगिताभर ५ गोल गरे । ब्ल्याक हक तेस्रो भयो ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?