२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दृष्टिविहीन क्रिकेट 

काठमाडौँ — राष्ट्रिय पुरुष दृष्टिविहीन क्रिकेटको उपाधि वाग्मती प्रदेशले जितेको छ । टोलीले दुई खेलको टी–२० शृंखला २–० ले जितेको हो । दोस्रो खेलमा वाग्मतीले मधेस प्रदेशलाई २ विकेटले हरायो ।

दृष्टिविहीन क्रिकेट 

पहिले ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेट गुमाई १ सय ५२ रन बनायो । सागर चेपाङले ३१ रन जोडे । प्रत्युत्तरमा वाग्मतीले १९.४ ओभरमा ८ विकेट गुमाई लक्ष्य भेटायो । शान्त पहरीले ३८ रन बनाए ।

राष्ट्रिय दृष्टिविहीन क्रिकेट संघको तत्त्वावधानमा मूलपानी क्रिकेट मैदानमा भएको खेलमा शान्त म्यान अफ द सिरिज घोषित भए । सिरिजमा शान्तले ६९ रन बनाउनुका साथै ४ विकेट लिए । पहिलो खेलमा वाग्मतीले मधेसलाई ७ विकेटले हराएको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?