कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चन्दन र राजेन्द्र विजेता

काठमाडौँ — काठमाडौंका चन्दन शाही र ललितपुरका राजेन्द्र वज्राचार्यले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । 

भेट्रान पुरुष सिंगल्सको ४० वर्षमाथि चन्दन र ५० वर्षमाथि राजेन्द्र विजेता हुन् । स्पिन इभेन्ट्सद्वारा आयोजित प्रतियोगिताको फाइनलमा चन्दनले एमआईएसका नरेश रावललाई ७–११, ११–८, ११–३, ११–७, ११–६ को सेटमा हराए । ललितपुरका राजीप महर्जन र कीर्तिपुरका प्रशान्त महर्जनले तेस्रो स्थानमा चित्त बुझाए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनसीसीएसका कपुर शर्मा पौडेललाई १२–१४, ७–११, ११–७, ११–८, ११–८, १४–१२ को सेटमा हराए । एपीएमका विश्वास गौचन र एएनएस १९८० का किरणमुनि वज्राचार्य तेस्रो बने ।

भेट्रान र विभिन्न उमेरसमूह गरी ८ विधामा प्रतिस्पर्धा भइरहेको आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । सबै विधामा नगद पुरस्कार रहेको छ । सोमबारसम्म चल्ने प्रतियोगितामा करिब २ सय ५० खेलाडीले भाग लिएका छन् । प्रतियोगितालाई अमेरिका बस्ने श्रवण चिपालुले मुख्य प्रायोजन गरेका छन् । टेबलटेनिसका पूर्वखेलाडी मिलन श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता भएको हो ।


प्रकाशित : जेष्ठ ८, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?