ट्राइ–एड्भेन्चरमा आर्मीको क्लिन स्विप

राजु घिसिङ

जोमसोम — सुरुमै ठाडो उकालो । त्यो पनि चट्टानमा । हात र खुट्टाले चट्टानमा बलियो पकड राखेरमात्रै हुँदैन, माथिबाट खस्न सक्ने ढुंगाबाट पनि जोगिनुपर्छ, जसका लागि हेल्मेट लाउनैपर्छ । हार्नेस र डोरीको सहयोगमा रक क्लाइम्बिङ गरेपछि डााडाको चेकपोस्ट नजिक पुग्न चारपाउ (हातखुट्टा) नटेकी सम्भव छैन ।

ट्राइ–एड्भेन्चरमा आर्मीको क्लिन स्विप

यसरी १ सय मिटर उक्लिएपछि ४.७५ किमिको ट्रेल रनिङ पूरा गरेपछि फेरि हार्नेस र डोरीको सहयोगमा कालीगण्डकी नदी तरेपछि १५.३५ किमि माउन्टेन बाइक हााक्नुपर्छ । अनि मात्रै जोमसोमको आर्मी ब्यारेकबाट सुरु भएको रेस चेकपोस्ट (माथि), कालीगण्डकी किनार, थिनिगाउा, ढुम्बालेक, मार्फा हुँदै जोमसोम बजार फर्कंदै २०.२ किमि पूरा गरी ब्यारेकमा टुंग्याइन्छ । समुद्री सतहदेखि २,७८० देखि ३,२०० मिटरसम्मको उचाइमा शनिबार आयोजित प्रधानसेनापति हाइअल्टिच्युड ट्राइ–एड्भेन्चर प्रतियोगितामा सबैलाई उछिन्दै बाजी मारे त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा र मानबहादुर थापाको टिमले ।

१३ औं सागमा ट्रायथलनको स्वर्ण पदक जितेका हिमालले मानबहादुरसाग १ घन्टा १५ मिनेट २ सेकेन्डको कोर्स रेकर्ड बनाउादै हाइअल्टिच्युड ट्राइ–एड्भेन्चरमा पहिलो स्थान हासिल गरे । यहाा हिमालले लगातार दोस्रो उपाधि जितेका हुन् । उनले वसन्त थारुसाग सहकार्य गर्दै तीन वर्षअघिको १ घन्टा १९ मिनेट ४२ सेकेन्डको कोर्स रेकर्ड यसपालि तोडेका हुन् । यो जोडी पहिलो संस्करण (२०७४ साल) मा दोस्रो भएको थियो । दोस्रो संस्करण (२०७६) मा मानबहादुर मिसनमा देशबाहिर गएपछि हिमालले वसन्तलाई सहकर्मी पाएका थिए ।

‘कोर्स रेकर्ड बनाउने लक्ष्य थियो, त्यो पूरा भयो,’ १२ औं सागमा पनि रजत जितेका महेन्द्रगरका २९ वर्षे हिमालले भने, ‘प्रतिस्पर्धामा सुरुबाटै हामीले राम्रो गर्‍र्यौं । विशेषगरी साइक्लिङमा राम्रो भयो, जसले रेकर्डसहित उपाधि जित्न सजिलो बनायो ।’ नेपालगन्जका ३७ वर्षे मानबहादुरले बोले, ‘जोमसोमको चिसो र उचाइमा एक महिना तयारी गरेका थियौं । त्यसैले कोर्स रेकर्ड तोड्नेमा विश्वस्त थियौं । कोर्स रेकर्डसहित पहिलो हुँदा निकै खुसी लागेको छ ।’ नेपाली सेनाले साहसिक खेल (एड्भेन्चर स्पोर्ट्स) आठ वर्षअघि सुरु गरेको थियो । यसैका उत्पादन हुन् हिमाल र मानबहादुर ।

तेस्रो संस्करणमा आएर अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिएको हाइअल्टिच्युड ट्राइ–एड्भेन्चरको खुला स्पर्धाको पदकमा आर्मीले क्लिन स्विप नै गर्यो । आयोजक नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका चार टिम सहभागी थिए । चारै टिम शीर्ष चारमा रह्यो । १३ औं सागकै स्वर्ण विजेता वसन्त थारु र यो रेसका नयाँ खेलाडी नवराज न्यौपानेको टिम १ घन्टा १७ मिनेट १६ सेकेन्डसाथ दोस्रो भयो । तेस्रो स्थानका लागि चर्को प्रतिस्पर्धा भयो । कमल ओली र प्रेमसिंह मन्यालको टिम (१ घन्टा २१ मिनेट ३० सेकेन्ड) तेस्रो भयो भने ३२ सेकेन्ड पछाडि परेपछि सुरेश भुजेल र मुकेश थारुको टिम चौथोमा खुम्चियो ।

अच्युतकृष्ण खरेल र कुमार तामाङ (स्कट एन्ड स्पेसलाइज्ड राइडर्स) ले आर्मीलाई चुनौती दिने प्रयास गरे । यो टिम १ घन्टा २२ मिनेट ५१ सेकेन्डसाथ पाँचौं भयो । हिमालयन ट्रेल बाइक्स (हिक्मत बिक र जोनाथन स्टेवार्ट/१ घन्टा ३५ मिनेट २ सेकेन्ड) छैटौं, भारतीय सेना (पिट्टु शिवकृष्ण रेड्डी र सप्पर विनायक पोपट कुटे/१ घन्टा ३५ मिनेट ६ सेकेन्ड) सातौं र एथलेटिक पोखरा (विनोद सापकोटा र जगत ढोली/१ घन्टा ४१ मिनेट १६ सेकेन्ड) आठौंमा रहे । ब्रिटिस गोर्खा (सुन्दर शेरचन र नवीन श्रेष्ठ) र नेपाल कायक क्लब (दीपकराज भट्ट र रन्जन काडेल) समान १ घन्टा ५२ मिनेट २१ सेकेन्डसाथ शीर्ष दसमा अटाए । विदेशी तीन देशका (बेलायत, बंगलादेश र भारत) टिमको प्रतिस्पर्धामा सबैभन्दा अगाडि रहेर भारतीय उत्कृष्ट सेनाले अन्तर्राष्ट्रिय टिमको अवार्ड जिते ।

हुमी र इन्द्रकलाको रेकर्ड

हाइअल्टिच्युड ट्राइ एड्भेन्चरमा महिलातर्फ पनि कोर्स रेकर्ड बन्यो । हिमालयन गर्ल्सका हुमी बुढामगर र इन्द्रकला नेम्वाङले १ घन्टा ४३ मिनेट २३ सेकेन्डको कोर्स रेकर्ड निकाल्दै आफ्नो विधामा पहिलो स्थानन हासिल गरे । उनीहरूले एपीएफका निर्जला ताम्राकार र सोनी गुरुङको १ घन्टा ४५ मिनेट ५४ सेकेन्डको रेकर्ड तोडेका हुन् ।

‘साइक्लिङमा केही डर लागेको थियो तर सबै राम्रो भयो र कोर्स रेकर्डसहित पहिलो भयौं,’ प्युठानकी २३ वर्षीया हुमीले भनिन् । उनी १३ औं सागकी रजत विजेता हुन् । उनकी धराने सहकर्मी इन्द्रकलाले भनिन्, ‘हामी दुवै ट्रेल रन हौं । हामीले लक्ष्यअनुसारकै समय निकालेर उपाधि जितेका छौं । यो अल्टिच्युडमा आएर सफलता हात पार्नु गौरवको कुरा हो ।’

आर्मीका उषा खनाल र मन्जुकुमारी खड्का (१ घन्टा ५० मिनेट ३६ सेकेन्ड) दोस्रोमा रहे । १३ औं सागमा रजत हात पारेका हुमी र उषाको जोडी दोस्रो संस्करणका उपविजेता हुन् । आर्मीकै अर्को टिम (केशरी थापामगर र सुधा राई) २ घन्टा १८ मिनेटसाथ तेस्रो भयो । महिलातर्फ ५ र खुलामा १७ गरी कुल २२ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टिममा दुई खेलाडी थिए । दुवै खेलाडीले क्लाइम्बिङ, रनिङ र साइक्लिङ गर्नुपर्छ । दुई खेलाडीमध्ये अन्तिममा दूरी पार गर्नेको समय नै प्रतिस्पर्धामा निर्णायक हुने गर्छ । जोमसोमको अल्टिच्युडमा अभ्यस्त हुनका लागि विदेशी टिम जेठ २ र स्वदेशी खेलाडीहरू जेठ ४ गते आइपुगेका थिए ।

खुलातर्फ विजेता टिमले ३ हजार अमेरिकी डलर (करिब १ लाख २४ हजार रुपैयाँ), दोस्रोले २ हजार र तेस्रोले १ हजार डलर प्राप्त गरे । महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश : १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ हात पारे । विजेतालाई नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतले पुरस्कृत गरे ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?