कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

आईपीएल : मुम्बईले दिल्लीलाई हराएपछि बेंगलोर प्ले अफमा

एएफपी

मुम्बई — इशान किसनको ४८ र टिम डाविडले खेलको अन्त्यतिर गरेको आक्रामक प्रदर्शनसँगै मुम्बईले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गरेको छ ।

आईपीएल : मुम्बईले दिल्लीलाई हराएपछि बेंगलोर प्ले अफमा

यो नतिजाले रोयल च्यालेन्जर्स बेंगलोर प्रतियोगिताको प्ले अफका लागि छनोट भएको छ । जितका लागि १ सय ६० रन पछ्याइरहेको मुम्बई १४.३ ओभरमा तीन विकेट गुमाएर ९५ रनको स्थितिमा थियो ।

तर डाविडले ११ बलमा ३४ रन बनाए र मुम्बई पाँच बलको खेल बाँकी छँदै जितसम्म पुग्न सफल रह्यो । निश्चित जित आवश्यक खेलमा पराजित भएपछि दिल्लीको शीर्ष चारको सम्भावना समाप्त भएको हो ।

गुजरात टाइटन्स र राजस्थान रोयल्स शीर्ष दुई स्थानमा रहे भने त्यसपछि लखनउ सुपर जायन्ट्स र बेंगलोर रहे । आइतबार लिग चरणको अन्तिम खेलमा सनराइज हैदरावाद र पंजाव किंग्स भिड्ने छन् । यद्यपि उक्त जितहारको कुनै औपचारिक अर्थ हुने छैन । पहिलो क्वालिफायरमा मंगलबार गुजरात र राजस्थान भिड्ने छन् भने बुधबारको इलिमिनेटरमा लखनउले बेंगलोरको सामना गर्नेछ ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?