कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

युगान्डामाथि पहिलो विजय

विनोद पाण्डे

काठमाडौँ — ‘डेब्यु’ गरिरहेकी हिरनमायी रोयले सानदार बलिङ प्रदर्शन गरेपछि नेपाली महिला क्रिकेट टोलीले युगान्डासँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो विजय हात पारेको छ । पहिलो तीन खेल नै हारेर शृंखला गुमाइसकेको नेपालले शुक्रबार चौथो खेलमा युगान्डामाथि १५ रनको विजय हात पारेको छ । 

युगान्डामाथि पहिलो विजय

अघिल्लो दिनको वर्षाले मैदान भिजेको कारण १८–१८ ओभरमा छोट्याइएको खेलमा टस जितेको नेपाल १७.५ ओभर खेली ९७ रनमा अलआउट भयो । जबाफमा आएको युगान्डाले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाई ८२ रनमात्र बनाउन सक्यो ।

नेपालबाट ओपनर ज्योती पाण्डेले सर्वाधिक १७ रन बनाए । उनले १३ बल खेली ४ चौका प्रहार गरिन् । अर्का ओपनर विन्दु रावलले ३५ बल खेली १६ र सीता रानामगरले ११ रन बनाए । उपकप्तान इन्दु बर्मा १, सरिता मगर २, कप्तान रुविना क्षेत्री १, अप्सरी बेगम ४, डली भट्ट र अस्मिना कर्माचार्यले समान ६–६ रन बनाए । कविता कुँवर ६ रनमा अविजित रहिन् ।


युगान्डाकी कप्तान कोन्की अवेकोले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै सराह अकिटेङले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर २ तथा फिओना कुलुमे र जेनेट एमबाबाजीले १–१ विकेट लिए ।

१५ वर्षे लेग स्पिनर हिरनमायीले ३ ओभरमा ११ रनमात्र खर्चेर २ विकेट लिएपछि युगान्डा विजय गति रोकिएको थियो । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) की वितिय एवंम अप्रेसन अफिसर नितिशा कोठारीले प्लेयर अफ द म्याचको पुरस्कार प्रदान गरिन् । कविता कुँवर, अस्मिना र रुविनाले १–१ विकेट लिइन् ।

युगान्डाबाट सर्वाधिक २१ रन बनाएकी जेनेटलार्य हिरनमायीले बोल्ड गरेकी थिइन् । रिता नयनगेन्डो र इभेलिन एनिइपोले १६–१६ तथा केभिन अविनोले ११ रन बनाइन् । पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।


प्रकाशित : जेष्ठ ६, २०७९ २३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?