कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूर्य नेपाल प्रिमियर आइतबारदेखि

काठमाडौँ — सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आइतबार सुरु हुँदै छ । सूर्य नेपाल गल्फ टुर २०२१–२२ को अन्तिम प्रतियोगिता यो शुक्रबारसम्म चल्नेछ । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता ७२ होलमा खेलिने छ । दुई चरणपछि ३६ होलमा कट हुनेछ । शीर्ष २१ मात्र अन्तिम ३६ होलका लागि छानिनेछन् । 

सूर्य नेपाल प्रिमियर आइतबारदेखि

सूर्य नेपाल गल्फ टुरको सबैभन्दा बढी पुरस्कार राशिको प्रतियोगिता विजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उपविजेताले १ लाख ५५ हजार, तेस्रो हुनेले १ लाख ११ हजार, चौथो हुनेले ९५ हजार, पाँचौं हुनेले ८७ हजार पाउनेछन् । शीर्ष २१ को नाममा पुरस्कार रहने छ । १४ लाख ६१ हजार पुरस्कार राशि रहेको छ ।

१२ एमेच्योर खेलाडीले व्यावसायिक खेलाडीमाथि दबाब तेर्स्याउने छन् । सूर्य नेपाल गल्फ टुरको शीर्षस्थानमा रहेका भुवन नगरकोटी, जयराम श्रेष्ठ र पीजीटीआईमा खेलिरहेका शुक्रबहादुर राई व्यावसायिकतर्फका दाबेदार हुन् । एमेच्योरतर्फ १३ औं सागका दोहोरो स्वर्ण विजेता सुवास तामाङ पनि प्रतियोगिताको मुख्य दाबेदार हुन् ।

एमेच्योरका सद्भाव आचार्य, टासी छिरिङ, वाङचेन ढोन्डुपबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । प्रोएम प्रतिस्पर्धा आइतबार हुनेछ । त्यसमा व्यावसायिक र एमेच्योर गरी १ सय जनाले खेल्नेछन् । ‘जुन हिसाबले गल्फ नेपालमा अगाडि बढिरहेको छ, त्यसबाट हामी निकै उत्साही छौं,’ नेपाल प्रोफेसनल गल्फ संघका महासचिव दीपक आचार्यले भने, ‘यो खेलले नयाँ माहोल बनाइरहेको छ, सूर्य नेपाल प्रिमियर गल्फले त्यसमा ठूलो उर्जा दिएको छ ।’

प्रकाशित : जेष्ठ ६, २०७९ २३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?