बास्केटबलमा जेभियर कलेज विजयी

काठमाडौँ — जेभियर कलेजले फादर वाटरिन महिला खुला बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।गोदावरी अल्मुनाई एसोसिएसन (जीएए) द्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जेभियरले नयाँबजार टिम कीर्तिपुरलाई ३१–२४ स्कोरले पराजित गर्‍यो । जेभियरकी भावना केसीले १४ स्कोर जोडिन् ।

बास्केटबलमा जेभियर कलेज विजयी

दोस्रो क्वार्टर समाप्तिसम्म जेभियर १२–६ ले पछि थियो । पहिलो क्वाटरमा २–१ को झिनो अग्रता लिएको जेभियर दोस्रोमा ४–११ ले पछि रह्यो । त्यसपछिका लगातार दुई क्वाटर क्रमश: १६–७, ९–५ ले आफ्नो पक्षमा पार्दै जेभियरले जित पक्का गर्‍यो ।

प्रतियोगिताको जीएएका अध्यक्ष प्रकाशबाबु केसीले उद्घाटन गरे । ४ टिम सहभागी प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइने छ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्टरको कोर्टमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।

इक्याबलाई सफलता

इक्याब मेरिलियोन जिम्न्याजियमले जीएए तेस्रो रोयल यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा जित हात पारेको छ । इक्याबले शंकरदेव क्याम्पसलाई ५२–४५ स्कोरले पराजित गर्दा परिचितले ११ स्कोरको योगदान गरे ।

आयोजक रोयल स्पोर्ट्स सेन्टरको कोर्टमा भएको खेलमा विशाल मिलन केन्द्र (बीएमके), टाइम्स र अन्माइस पनि विजयी भए । सोनाम तेन्जिङको १७ अंक सहयोगमा बीएमकेले टिम सिंहलाई ६७–४६ ले हरायो । टाइम्सले धरानलाई ७२–५६ ले पन्छायो । टाइम्सका मनीष केसीले २२ स्कोर गरे । अन्माइसले जेभियरलाई ५५–३६ ले हराउँदा टोलीका प्रह्लाद बस्नेतले २१ स्कोर जोडे ।

प्रकाशित : जेष्ठ ६, २०७९ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?