कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नियमित कप्तान तथा गोलकिपरबिना नेपाली टोलीको घोषणा

काठमाडौँ — जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुने एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङबिनै नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । 

नियमित कप्तान तथा गोलकिपरबिना नेपाली टोलीको घोषणा

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शुक्रबार नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङबिना नै २३ सदस्यीय राष्ट्रिय टिमको नाम सार्वजनिक गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका बेला सेवा सुविधा पर्याप्त नभएको भन्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छाडेका १० खेलाडीबिना प्रशिक्षक अलमुताइरीले २३ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरेका हुन् ।

पछिल्लो समय मुख्य प्रशिक्षक र खेलाडीबीचको टकरावमा किरणले साथ दिएका थिए भने विदेशमा व्यावसायिक खेलमा रहेका छन् । घोषणा गरिएको टोलीमा रोहित चन्द, विमल घर्ती मगर, सुजल श्रेष्ठ, अन्जन बिष्टसहित १० सिनियर खेलाडीको नाम हटाइएको छ । होटलको विषयमा विवाद भएपछि प्रशिक्षक अलमुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै खेलाडीहरुले बन्द प्रशिक्षण छोडेका थिए ।

यसपटक घोषणा भएको राष्ट्रिय टोलीमा चार नयाँ अनुहारले स्थान बनाएका छन । रक्षक विकास तामाङ र शिव गुरुङसँगै मिडफिल्डर निरकुमार राई र रोशन रानामगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । एसिया कप तेस्रो चरणको छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा आयोजक कुवेतसँगै बलियो जोर्डन र इन्डोनेसिया रहेका छन । नेपालले जुन ८ मा जोर्डनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ ।

यस्तै, दोस्रो खेलमा कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्ने तालिका छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?