१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बेंगलोरको भाग्य दिल्लीको हातमा

एजेन्सी

मुम्बई — विराट कोहलीले लय फर्कँदै बनाएको ७३ रनको मद्दतले रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा बिहीबार लिग तालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सलाई आठ विकेटले पराजित गरेको छ ।

बेंगलोरको भाग्य दिल्लीको हातमा

पहिले ब्याटिङ गरेको गुजरातले पाँच विकेटमा १ सय ६८ रन बनाएको थियो । जवाफमा बेंगलोरले १८.४ ओभरमा दुई विकेट गुमाएर १ सय ७० रन बनायो । निश्चित जित आवश्यक यो खेल आफ्नो पक्षमा पारेर बेंगलोरले प्ले अफको सम्भावना कायम राख्यो ।

तर बेंगलोरको अघि बढ्ने सम्भावना अझै पनि दिल्ली क्यापिटल्सको हातमा छ । अर्को खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई शनिबार पराजित गरे बेंगलोरको सम्भावना समाप्त हुनेछ । बेंगलोर १६ अंकसहित चौथो स्थानमा छ ।

बेंगलोरको जितले पन्जाव किंग्स र सनराइज हैदरवादको प्ले अफ सम्भावना पनि टुंगिएको छ । अहिलेसम्म गुजरात र लखनउ सुपर जायन्ट्सले मात्र प्ले अफमा स्थान निश्चित गरेका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?