बंगलादेश श्रीलंकाबीचको पहिलो टेस्ट बराबरी

एएफपी

चिटगाउँ — बंगलादेश र श्रीलंकाबीचको पहिलो टेस्ट बिहीबार बराबरीमा टुंगेको छ । भ्रमणकारी टिमका लागि दिनेश चन्डिमल र निरोशन डिकवेलले सातौं विकेटका लागि ९९ रनको साझेदारी गरेपछि टेस्टको अन्तिम तथा पाँचौं दिन ४५ मिनेट अगाडि नै बराबरीमा टुंग्याउन सहमत भएको हो ।

बंगलादेश श्रीलंकाबीचको पहिलो टेस्ट बराबरी

खेल टुंगेको घोषणा हुँदा श्रीलंका ६ विकेट गुमाएर २ सय ६० रनको स्थितिमा रह्यो । डिकवेल ६१ र चन्डिमल ३९ रनमा नटआउट रहे ।

जहुर अहमद चौधरी स्टेडियममा श्रीलंकाले पहिले ब्याटिङ गर्दै ३ सय ९७ रन बनएको थियो । त्यसको जवाफमा बंगलादेशले ४ सय ६५ रन बनाएको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७९ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?