यु–२३ पुरुष बास्केटबल प्रतियोगिता

रोयलको विजयी सुरुआत

काठमाडौँ — आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले तेस्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ । ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले टिम सिंहलाई ७६–३० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

रोयलको विजयी सुरुआत

रोयलका रवि पौडेलेले १९ अंक जोडे । रोयल अघिल्ला दुवै संस्करणको विजेता हो । त्यस्तै जेभियर, विशाल मिलन केन्द्र (बीएमके) र टाइम्सले पनि जितका साथ यात्रा प्रारम्भ गरे । जेभियरले क्वेस्टलाई ५८–३८ ले हरायो ।

जेभियरका लागि सम्राट भूमिले सर्वाधिक २० स्कोर गरे । बीएमकेले शंकरदेव क्याम्पसमाथि ५८–५० को जित दर्ता गर्‍यो । बीएमकेका सोनम तेन्जिङले १९ अंक बटुले । अन्माइस नेपाल विरुद्धको प्रतिस्पर्धामा टाइम्स ७७–४६ ले विजयी भयो । टाइम्सका मनीष केसीले १५ अंक जोडे ।


प्रकाशित : जेष्ठ ५, २०७९ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?