ज्योतिको ब्याटिङमा नेपालको आशा

विनोद पाण्डे

काठमाडौँ — ज्योति पाण्डेको सानदार ब्याटिङमा नेपाली महिला टोलीले युगान्डाविरुद्धको तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सुधारिएको प्रदर्शन गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा विकेट गुमाई ९९ रन बनाएको छ ।

ज्योतिको ब्याटिङमा नेपालको आशा

पहिलो दुई खेल हारेर नेपाल शृंखलामा पछाडि परिसकेको छ । युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले र दोस्रो खेलमा १ विकेटले पराजित गरेको थियो । शृंखला जित्नका लागि नेपालले यो खेल जित्नै पर्छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ज्योतिले ५४ बलमा ४७ रन बनाउनेक्रममा ५ चौका प्रहार गरिन् । युगान्डासँगको जारी शृंखलामा नेपाली ब्याटरको यो उच्च स्कोर हो । कप्तान रुविना क्षेत्री १५ बलमा १८ रन बनाई अविजित रहदा २ चौका प्रहार गरिन् ।विन्दु रावल ४, सीता रानामगर १२, इन्दु बर्मा १, सरिता मगर शून्य, रोमा थापा र डली भट्ट ३ तथा कविता कुँवर शून्यमा आउट भइन् ।

युगान्डाबाट कप्तान कोन्की अवेको र फिओना कुलुमेले २–२ विकेट लिए । कोन्कीले ४ ओभरमा २२ र कुलुमेले ४ ओभरमा २३ रन खर्चे ।

प्रकाशित : जेष्ठ ५, २०७९ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?