कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कान्तिपुर हाफ म्याराथन जेठ २१ मा

काठमाडौँ — कान्तिपुर हाफ म्याराथन दौड प्रतियोगिताको १० औं संस्करण जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेशन्सले हरेक वर्ष आयोजना गर्दै आएको प्रतिष्ठित कान्तिपुर हाफ म्याराथन कोभिड–१९ महामारीका कारण दुई वर्षयता हुन सकेको थिएन । 

कान्तिपुर हाफ म्याराथन जेठ २१ मा

यस संस्करणका लागि तयारी थालेको पब्लिकेशन्सले जनाएको छ । प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पोरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ ।

स्पर्धामा हजारौंको सहभागिता रहँदै आएको छ । प्रतियोगिता १८ वर्षभन्दा माथिका सबै नेपाली तथा विदेशी नागरिकका लागि खुला रहेको जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक धावकले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् ।

२१ किलोमिटरको हाफ म्याराथन कान्तिपुर पब्लिकेशन्सको मुख्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भई माइतीघर, बिजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, गठ्ठाघर, सानो थिमि, सल्लाघारी पुगेर सोही रुटमा फर्कने छ ।

कर्पोरेट दौड ५ किलोमिटर र ह्वीलचियर दौड ३ किलोमिटर दुरीमा हुनेछ । हाफ म्याराथनको पछिल्लो संस्करण २०७८ जेठमा भएको थियो । पुरुषमा अनिश थापा मगर र महिलामा विश्वरुपा बुढा साबिक विजेता हुन् । कान्तिपुरले आफ्नो वार्षिकोत्सवको अवसर पारेर २०६७ साल फागुन ७ देखि कान्तिपुर हाफ म्याराथनको आयोजना गर्न थालेको हो ।

प्रकाशित : जेष्ठ ५, २०७९ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?