१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

युगान्डासँग नेपाल स्तब्ध

विनोद पाण्डे

काठमाडौँ — युगान्डाले नेपाली महिला क्रिकेट टोलीलाई पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १२ रनले स्तब्ध पारेको छ । जितका लागि १ सय ३ रनको लक्ष्य लिएर आएको नेपालले ९ विकेट गुमाई ९० रनमात्र बनाउन सक्यो ।

युगान्डासँग नेपाल स्तब्ध

नेपालको सुरुवात नै राम्रो थिएन । ओपनरद्वय विन्दु रावल र ज्योति पाण्डे दुवै रनआउट भए । विन्दुले २३ बलमा २ चौकासहित १२ र ज्योतिले ७ बलमा १ चौकासहित ६ रन बनाए । कप्तान रुविना क्षेत्रीले २२ बल खेली ९ रनमात्र बनाउन सकिन् । अप्सरी बेगमले १ रनमात्र बनाउन सकेपछि नेपाल १२ औं ओभरमा ४४–४ को स्थितिमा पुगेको थियो ।

कविता जोशी ४, रोमा थापा ५ रनमै आउट भए । डली भट्टले १० बलमा २ चौकासहित १३ रन बनाए । डेब्यु गरिरहेकी अस्मिना कर्माचार्य ३ बल खेलेर शून्यमा बोल्ड भइन् । कविता कुँवर ६ बलमा ११ रन बनाई अविजित रहिन् । उनले अन्तिम ओभरको पहिलो चार बलमा ९ रन जोडेकी थिइन् । यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २ रन बनाएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो महिला अन्तर्राष्ट्रिय खेलमा युगान्डाबाट जेनेट एमबाबाजीले सर्वाधिक २९ रन बनाए । उनले ३८ बल खेली ३ चौका प्रहार गरे । कविता कुँवरले लेनेआ बाबिर्येलाई खेलको तेस्रो बलमै बोल्ड गरे पनि त्यसपछि युगान्डाले सम्हालिएको प्रदर्शन गरेको थियो ।

एमबाबाजीले केभिन अविनोसँग दोस्रो विकेटमा ४६ रनको साझेदारी गरे । अविनोलाई १५ रनमा कप्तान रुविना क्षेत्रीले आउट गरिन् । फ्रान्क्लिन नाजुम्बाले १२ रन बनाए । रिता नयानगेन्डोले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

रीता मुसामाली १३ रन बनाई अविजित रहिन् । नेपालबाट कविता कुँवरले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । रुविना, कविता जोशी र उपकप्तान इन्दु बर्माले १,१ विकेट लिए । घरेलु मैदानमा नेपालले पहिलो महिला द्विपक्षीय शृंखला खेलिरहेको हो ।

प्रकाशित : जेष्ठ २, २०७९ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?