युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कीर्तिपुरमा पहिलो महिला अन्तर्राष्ट्रिय क्रिकेट

युगान्डाले नेपाललाई दियो १०३ रनको लक्ष्य

विनोद पाण्डे

काठमाडौँ — नेपाली महिला क्रिकेट टोलीले युगान्डासँगको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल जित्न १ सय ३ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेपछि ब्याटिङमा आएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २ रन बनायो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो महिला अन्तर्राष्ट्रिय खेलमा युगान्डाबाट जेनेट एमबाबाजीले सर्वाधिक २९ रन बनाए । उनले ३८ बल खेली ३ चौका प्रहार गरे । कविता कुँवरले लेनेआ बाबिर्येलाई खेलको तेस्रो बलमै बोल्ड गरे पनि त्यसपछि युगान्डाले सम्हालिएको प्रदर्शन गरेको थियो ।

एमबाबाजीले केभिन अविनोसँग दोस्रो विकेटमा ४६ रनको साझेदारी गरे । अविनोलाई १५ रनमा कप्तान रुविना क्षेत्रीले आउट गरिन् । फ्रान्क्लिन नाजुम्बाले १२ रन बनाए । रिता नयानगेन्डोले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

रीता मुसामाली १३ रन बनाई अविजित रहिन् । नेपालबाट कविता कुँवरले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । रुविना, कविता जोशी र उपकप्तान इन्दु बर्माले १,१ विकेट लिए ।

नेपालले घरेलु मैदानमा पहिलो महिला द्विपक्षीय शृंखला खेलिरहेको छ ।

प्रकाशित : जेष्ठ २, २०७९ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्

लिम्बूवानले वडाध्यक्षमा खाता खोल्यो

आनन्द गौतम

ताप्लेजुङ — जिल्लाको सिदिङ्वा गाउँपालिका ४ साब्लाखुको वडाध्यक्षमा संघीय लोकतात्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का पूर्णकुमार ताम्लिङ विजयी भएका छन ।

दाप सहितको खुकुरी चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहेका उनले ५८ मत बढी ल्याएर विजय हासिल गरेका हुन् ।

उनले ३ सय ७२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्‌वार मनकुमार लिङदेनले ३ सय १४ मत ल्याएका थिए । अन्य ४ जना सदस्यले गुलाब चुनाव चिन्ह लिएर स्वतन्त्र उठेका विजयी बने ।

अमृता लिम्बू, कमला लकान्द्री, भुवानी बुढाथोकी र रणबहादुर बिष्ट स्वतन्त्रबाट वडासदस्यमा निर्वाचित भएका छन । २०७४ मा यहाँ एमालेले जितेको थियो ।

प्रकाशित : जेष्ठ २, २०७९ १४:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×