कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

लिग उपाधि सिटीकै पकडमा

म्यानचेस्टर सिटीले आइतबार वेस्ट ह्यामसँगको खेलमा २–२ को बराबरी नतिजा मात्र निकाल्न सकेपछि प्रिमियर लिगको दौडमा लिभरपुलको आशा फेरि पलाएको छ
एएफपी

लन्डन — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा दुई गोलले पछाडि रहेको स्थितिबाट वेस्ट ह्यामलाई आइतबार २–२ को बराबरीमा रोकेको छ । सिटीका लागि खेलको अन्त्यतिर रियाद महरेज पेनाल्टीबाट गोल गर्न चुके र खेल नाटकीय बराबरीमा टुंगेको थियो । खेलमा पहिलो हाफमा जरोड बोवेनको दुई गोलले वेस्ट ह्यामले अग्रता लिएको थियो र यो नतिजा कायम रहेको भए उपाधि होडमा लिभरपुललाई अवसर मिल्ने थियो ।

लिग उपाधि सिटीकै पकडमा

तर दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गरेको थियो र यसक्रममा पेप ग्वार्डिओलाको टिमका लागि ज्याक ग्रेलिसले पहिलो गोल फर्काए । दोस्रो गोल भने भ्लाडिमिर कोफलको आत्मघाती रह्यो । महरेजको पेनाल्टी खेल सकिन पाँच मिनेट अगाडि वेस्ट ह्यामका गोलरक्षक लुकास फाबिस्कीले जोगाएका थिए । यो जितपछि सिटीले शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ र लिभरपुलमाथि उसलाई गोल अन्तरको फाइदा पनि छ ।

योगर्न क्लोपको लिभरपुलले मंगलबार साउथह्याम्पटनको सामना गर्नेछ र त्यसमा पराजित रहे सिटीले उपाधि जित्ने छ । त्यसमा लिभरपुल विजयी रहे सिटीसँगको अन्तर एक अंकमा झर्नेछ । मे २२ मा इतिहासमा हुने लिगको अन्तिम दिनको खेलमा सिटीले एस्टन भिल्लालाई पराजित गर्न सके पनि उसले उपाधि रक्षा गर्न सक्नेछ । लिगको अन्तिम दिन लिभरपुलले उल्भ्सको सामना गर्नेछ र उपाधिको छिनोफानो त्यस दिन मात्र पनि हुन सक्नेछ ।

जितले सिटीको ३७ खेलबाट ९० अंक भएको छ । लिभरपुलको ३६ खेलमा ८६ अंक छ । आइतबारका अन्य खेलमा लेस्टर सिटीले वाटफोर्डलाई ५–१ र टोटनहमले बर्नलीलाई १–० ले हरायो । लेस्टरको जितमा जिमी भार्डी र जेम्स म्याडिसनले दुई/दुई गोल गरे । यो जितले लेस्टरको शीर्ष दसमा लिग टुंग्याउने सम्भावना बढेको छ । वाटफोर्ड भने यसअघि नै रेलिगेसनमा परिसकेको छ । टोटनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे र यसले उसको शीर्ष चारको सम्भावना जीवन्त राख्यो ।

यस्तै एस्टन भिल्ला र क्रिस्टल प्यालेस, लिड्स र ब्राइट तथा उल्भ्स र नरविचले समान १–१ को बराबरीमा टुंगियो । बराबरीले लिड्सको रेलिगेसनबाट बच्ने सम्भावनालाई कायम राख्यो । वाटफोर्डसँगै नरविच पनि यसअघि नै रेलिगेसनमा परिसकेको छ र अब तेस्रो अभाग्यशाली टिमको मात्र निर्णय हुन बाँकी छ । लिड्स ३५ अंकमा १६ औं स्थानमा छ । उसको ठीक पछाडि बर्नली ३४ अंकमा रहेको छ । लिड्सको तुलनामा बर्नलीले एक खेल कम खेलेको छ । एभर्टनको ३६ अंक छ र टोलीले ३ खेल खेल्न बाँकी छ ।

प्रकाशित : जेष्ठ २, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?