कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लिभरपुल एफए कप च्याम्पियन

एजेन्सी

लन्डन — कोन्स्टान्टिनोस सिमिकासले सडन डेथमा विजय पेनाल्टी गोल गरेपछि लिभरपुलले चेल्सीलाई पराजित गर्दै एफए कप फुटबलको उपाधि जितेको छ । यसले लिभरपुलको एकै सिजनमा सबै चार उपाधि जित्ने सम्भावनालाई पनि कायमै राखेको छ ।

लिभरपुल एफए कप च्याम्पियन

लिभरपुलले चेल्सीलाई यसैगरी पेनाल्टी सुटआउटमा पराजित गरी यसअघि नै लिग कप जितिसकेको छ । मे २९ मा रिएल म्याड्रिडसँग च्याम्पियन्स लिगको फाइनल खेल्ने क्रममा रहेको लिभरपुल इंग्लिस प्रिमियर लिगमा दुई खेल बाँकी रहेको अवस्थामा म्यानचेस्टर सिटीभन्दा ३ अंकले पछाडि रहेको छ ।

वेम्बलीमा शनिबार निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको अवस्थामा निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । त्यसमा निर्णय हुन नसकेपछि सडनडेथको दोस्रो पेनाल्टीमा लिभरपुलले बाजी मारेको थियो । चेल्सीका मेसन माउन्टको प्रहारलाई लिभरपुलका गोल रक्षक एलिसन बेकरले बचाउ गरेपछि सिमिकासले निर्णायक पेनाल्टी गोल गरेका थिए ।

निर्धारित समयमा चेल्सीका सेजर एज्पिलिकुएटा र लिभरपुलका मानेले गोल गर्न सकेका थिएनन् । लिभरपुलले २००१ यता पहिलोपटक एकै सिजनमा लिग कप र एफए कप जितेको हो । लिभरपुलले एफए कप आठौंपटक जितेको हो । आर्सनल (१४) र म्यानचेस्टर युनाइटेड (१२) ले मात्र लिभरपुलले भन्दा बढी यो प्रतियोगिता जितेको छ ।


प्रकाशित : जेष्ठ १, २०७९ ०१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?