पञ्जावसँग हारेपछि बेंगलोरलाई गाह्रो- खेलकुद - कान्तिपुर समाचार

पञ्जावसँग हारेपछि बेंगलोरलाई गाह्रो

एजेन्सी

मुम्बई — इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा शुक्रबार पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५४ रनले पराजित गरेको छ । यो हारले बेंगलोरको प्ले अफ सम्भावना गाह्रो भएको छ । पञ्जाबले भने आफ्नो सम्भावना बढाएको छ ।

तस्बिरः आईपीएल ।

पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा नौ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । त्यसमा जोनी बियरस्टोले ६६ र लियाम लिभिङस्टोनले ७० रन बनाए ।

जवाफमा बेंगलोरले २० ओभरमा नौ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो । ग्लेन म्याक्सवेलले बनाएको ३५ रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।

बेंगलोर १४ अंकमा चौथो स्थानमा छ र उसले १३ खेल खेलेको छ । पञ्जावको भने १२ खेलबाट १२ अंक भएको छ । दिल्ली क्यापिटल्स समान १२ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित : वैशाख ३१, २०७९ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

सिद्धार्थनगरमा कांग्रेसको अग्रता       

माधव ढुंगाना

भैरहवा — भैरहवाको सिद्धार्थनगर नगरपालिकामा गठबन्धनका उम्मेदवार कांग्रेसका ईश्तियाक अहमद खानले अग्रता लिएका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को ७ सय ९२ मत गणनामा कांग्रेसका खानले ३ सय ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागरप्रताप राणाले १ सय ६५ र एमालेका रामप्रसाद बस्यालले ६२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा जनता समाजवादी पार्टीकी आसमा खातुनले १ सय ४४, गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कमला थापाले १ सय २७, राष्ट्रिय प्रजातन्त्र पार्टीकी विनिता गुप्ताले १ सय ७ मत प्राप्त गरेकी छन् ।


१ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसले ४ सय १६, जनता समाजवादी पार्टीले १ सय ६५ र एमालेले ४८ मत प्राप्त गरेको छ ।



प्रकाशित : वैशाख ३१, २०७९ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×