मुम्बईसँग हारेपछि चेन्नाइको प्ले अफ सम्भावना समाप्त

एजेन्सी

मुम्बई — इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ अन्तर्गत बिहीबारको खेलमा मुम्बई इन्डियन्सले चेन्नाइ सुपर किंग्सलाई सजिलै पाँच विकेटले पराजित गरेको छ । यस हारसँगै महेन्द्रसिंह धोनीको प्ले अफ सम्भावना समाप्त भएको छ ।

मुम्बईसँग हारेपछि चेन्नाइको प्ले अफ सम्भावना समाप्त

मुम्बईको प्ले अफ सम्भावना यसअघि नै टुंगिसकेको छ । प्रतिस्पर्धामा चेन्नाइको आठ र मुम्बईको छ अंक छ । दुवै अंक तालिकाको पुछारका दुई स्थानमा रहेका छन् ।

वानखडे स्टेडियममा भएको खेलमा चेन्नइले पहिले ब्याटिङ गर्दै ९७ रन मात्र बनाउन सक्यो । यसका लागि धोनी एक्लैले ३६ रन जोडेका थिए । जवाफमा मुम्बईले पाँच विकेटमा १४.४ ओभर मात्र उपयोग गर्दै १ सय ३ रन बनायो ।

प्रकाशित : वैशाख ३०, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?