इन्टरले जित्यो कोपा इटालिया

एजेन्सी

मिलान — इन्टर मिलानले पछाडि रहेको स्थिति उल्टाएर युभेन्ट्सलाई ४–२ ले हराएर बुधबार कोपा इटालिया जितेको छ । इन्टरले यो उपाधि जितेको सन् २०११ यता पहिलो पल्ट हो ।

इन्टरले जित्यो कोपा इटालिया

हकन चाल्हानाग्लुले ८० औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसमा इभान पेरिसिचले दुई गोल गरे र इन्टर आठौं पल्ट यो उपाधि जित्न सफल रह्यो ।

डिफेन्डिङ च्याम्पियन रहेको युभेन्ट्स यो हारपछि सन् २०११ यता पहिलोपल्ट यो सिजन उपाधिविहीन रहने भएको छ । इन्टर भने अझै इटालीको सिरी ए उपाधिको बाटोमा छ र दुई अंकको दूरीमा एसी मिलानपछि दोस्रो स्थानमा छ ।

प्रकाशित : वैशाख २९, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?