टेबलटेनिसमा एक रजत र दुई कांस्य

काठमाडौँ — नेपालले माल्दिभ्सको मालेमा भइरहेको दक्षिण एसियाली जुनियर एन्ड क्याटेड टेबलटेनिसको गर्ल्स क्याटेडमा मंगलबार रजत पदक जितेको छ । फाइनलमा नेपाली टिम भारतको हातबाट ३–० ले पराजित रह्यो ।

टेबलटेनिसमा एक रजत र दुई कांस्य

सोसियल सेन्टर इन्डोर हलमा भएको फाइनलमा नेपालका लागि इभान्स थापामगर, बियन्का राई र शुभश्री श्रेष्ठले चुनौती पेस गरेका थिए ।

सेमिफाइनलमा नेपालले श्रीलंकालाई हराएको थियो । पहिलो चरणमा भने नेपालले बंगलादेशलाई रोकेको थियो । नेपालले ब्वाइजको जुनियर टिम र डबल्समा कांस्य पदक जितेको छ । मालेमा रहेका अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यका अनुसार राउन्ड रोबिनको आधारमा भएको टिम स्पर्धामा नेपाल तेस्रो स्थानमा रह्यो ।

नेपालका लागि संयोग कपाली, प्रिन्स थापा, उज्ज्वल मानन्धर र रुबिन महर्जनले खेलेका थिए । ब्वाइज जुनियर डबल्सको सेमिफाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भयो । त्यसमा नेपालका लागि उज्ज्वल र प्रिन्सले खेलेका थिए ।

प्रकाशित : वैशाख २८, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?