अरायोको चोटले ओझेलमा बार्सिलोनाको जित

काठमाडौँ — पिएरे एमरिक अबामेयाङले गरेको दुई गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा सेल्टा भिगोलाई मंगलबार ३–१ ले हराएको छ र यो जितसँगै अंक तालिकाको दोस्रो स्थानमा उसको पकड बलियो भएको छ ।

अरायोको चोटले ओझेलमा बार्सिलोनाको जित

बार्सिलोनाको यो जित भने डिफेन्डर रोनाल्ड अरायोले बेहोरको चोटका कारण ओझेलमा परेको छ । खेलको ६४ औं मिनेटमा टाउकोमो चोट लागेपछि उनलाई एम्बुलेन्सबाट अस्पताल लगिएको थियो ।

यो जितपछि बार्सिलोनाको ३२ खेलबाट ७२ अंक भएको छ । मंगलबारकै अन्य खेलमा रियल बेटिसले भ्यालेन्सियालाई ३–० र एथलेटिको बिलबाओले ग्रेनेडालाई १–० ले हरायो ।

प्रकाशित : वैशाख २८, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?