१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आईपीएल २०२२ : गुजरात प्लेअफ पुग्ने पहिलो टिम

काठमाडौँ — गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को प्ले अफ पुग्ने पहिलो टिम भएको छ । यसका लागि उसले मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्सलाई सजिलै ६२ रनले पराजित गर्‍यो ।

आईपीएल २०२२ : गुजरात प्लेअफ पुग्ने पहिलो टिम

यो जितपछि गुजरात १८ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लखनउ भने १६ अंकमा सीमित रहेर दोस्रो स्थानमा झरेको छ । लगातार चार जितपछि लखनउको यो पहिलो हार हो ।

पहिले ब्याटिङ गरेको गुजरातले चार विकेटमा १ सय ४४ रन बनाएको थियो । जवाफमा लखनउ ८२ रन बनाएर अलआउट भयो । गुजरातका लागि लेग स्पिनर रसिद खानले घातक बलिङ गरे । उनले २४ रन खर्चिएर चार विकेट लिए ।

प्रकाशित : वैशाख २८, २०७९ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?