कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

नेपालले जिम्बावे 'ए' लाई ९ विकेटले हरायो 

काठमाडौँ — नेपालले दोस्रो एकदिवसीय खेलमा जिम्बावे ‘ए’लाई ९ विकेटले हराएको छ ।  जिम्बावे 'ए' ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको  हो । 

नेपालले जिम्बावे 'ए' लाई ९ विकेटले हरायो 

नेपालका लागि सुनील धमलाले ३८ रन बनाएर आउट भए भने आसिफ शेखले नटआउट रहँदै ३४ रन बनाए । धमलालाई ब्रान्डन माभुटाले आउट गराएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे सस्तैमा समेटिएको थियो । जिम्बावे ३१.५ ओभरमा ८७ रन मात्र बनाएर अलआउट भएको थियो । उसका लागि जोनाथन क्याम्पबेलले २७ र ब्राड इभान्सले २० रन बनाए । त्यस्तै सेफास झुवाओले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि करण केसी र सोमपाल कामीले ३/३ विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले २ विकेट लिँदा सागर ढकालले १ विकेट लिए । यसअघि शुक्रबारको पहिलो एकदिवसीय खेलमा नेपाल जिम्बावेसँग ३ विकेटले हराएको थियो ।

जिम्बावेको 'ए' टिम नेपालमा तीन ट्वान्टी-२० र तीन एकदिवसीय शृंखला खेल्न आएको हो । तीन ट्वान्टी-२० शृंखलामा जिम्बावेले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेल वर्षाका कारण रद्द गरिएको थियो । तेस्रो खेलमा भने नेपालले जिम्बावे 'ए' लाई ८ विकेटले हराएको थियो ।

जिम्बावेको कुनै पनि टोली नेपालमा आएर पहिलो पटक खेलिरहेको छ । टोनी मुनिओङ्गाको कप्तानीमा रहेको जिम्बावे ‘ए’ को प्रशिक्षकमा पूर्व टेस्ट खेलाडी डगलस होन्डो रहेका छन् ।

प्रकाशित : वैशाख २४, २०७९ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?