कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आईपीएल : पञ्जावसँग गुजरातको दोस्रो हार

एएफपी

मुम्बई — गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दोस्रो हार ब्यहोरेको छ । मंगलबारको खेलमा पञ्जाव किंग्सले गुजरातलाई आठ विकेटले पराजित गर्‍यो ।

आईपीएल : पञ्जावसँग गुजरातको दोस्रो हार

पञ्जाव किंग्सको जितमा शिखर धवनको अर्धशतक महत्वपूर्ण बन्यो । चार ओभर अगाडि नै प्राप्त जितमा पञ्जावका लागि लियाम लिभिङस्टोनले तीन छक्का प्रहार गरे । यो जितपछि पञ्जाव पाँचौं स्थानमा छ भने शीर्ष स्थानमा रहेको गुजरातको प्ले अफ यात्रा लगभग निश्चित रहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले आठ विकेटमा १ सय ४३ रन बनाएको थियो । म्यान अफ द म्याच कगिसो रबाडाले ३३ रनमा चार विकेट लिएपछि गुजरात सस्तोमै समेटिएको थियो ।

जवाफमा पञ्जावले १६ ओभरमा दुई विकेट गुमाएर १ सय ४५ रन बनायो । त्यसमा धवनले ६२ रन बनाए । गुजरातका लागि भने साइ सुदर्शनले ६५ रन बनाएका थिए ।

प्रकाशित : वैशाख २१, २०७९ ०६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?