आईपीएल : दिल्लीलाई हराउँदै लखनउ दोस्रोमा

एजेन्सी

मुम्बई — लखनउ सुपर जायन्ट्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई छ रनले पराजित गरेको छ । यो जितसँगै लखनउ १४ अंकसहित दोस्रो स्थानमा उक्लेको छ ।

आईपीएल : दिल्लीलाई हराउँदै लखनउ दोस्रोमा

पहिले ब्याटिङ गरेको लखनउले तीन विकेटमा १ सय ९५ रन बनाएको थियो । त्यसमा लयमा रहेका कप्तान केएल राहुलले ७७ रन बनाए । यस्तै दीपक होडाले ५२ रनको योगदान दिए ।

जवाफमा दिल्लीले २० ओभरमा सात विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । त्यसमा कप्तान ऋषव पन्तले ४४ र अक्षर पटेलले ४२ रन बनाए । हारले दिल्ली आठ अंकमा छैटौं स्थानमा रह्यो ।

प्रकाशित : वैशाख १८, २०७९ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?