कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

न्युकासललाई हराएर लिभरपुल शीर्षमा

काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई १–० ले हराएको छ र यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । लिभरपुलको ३४ खेलबाट ८२ अंक भएको छ ।

न्युकासललाई हराएर लिभरपुल शीर्षमा

शनिबार नै सिटीले लिड्स युनाइटेडको सामना गर्नेछ र त्यसमा जित निकालेर फेरि शीर्ष स्थानमा उक्लन सक्नेछ । सिटीको ८० अंक रहेको छ र उसमाथि लिड्माथि जित निकाल्नै पर्ने दबाब हुनेछ ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुलका लागि एक मात्र गोल १९ औं मिनेटमा नबी केइटाले गरे । न्युकासल भने ४३ अंकमा नवौं स्थानमा रह्यो ।

प्रकाशित : वैशाख १७, २०७९ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?