३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बेंगलोरलाई हराएर राजस्थान शीर्षमा

एजेन्सी

पुना — राजस्थान रोयल्सले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई २९ रनले हराएको छ । यो जितपछि राजस्थानले अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ ।

बेंगलोरलाई हराएर राजस्थान शीर्षमा

यो जितपछि राजस्थानको ८ खेलबाट १२ अंक भएको छ । बेंगलोर भने १० अंकमा पाँचौं स्थानमा छ । राजस्थानले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ४४ रन बनाएको थियो । त्यसमा रियान परागले सर्वाधिक ५६ रन बनाए ।

उनले ३१ बलमा तीन चौका र चार छक्का प्रहार गरे । जवाफमा बेंगलोरले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो ।

प्रारम्भिक ब्याटरको भूमिकामा आएका विराट कोहली फेरि एकपल्ट असफल रहे र उनले नौ रन मात्र बनाए । कप्तान फाफ डे प्लेसिसले बनाएको २३ रन नै व्यक्तिगत उच्च स्कोर रह्यो ।

प्रकाशित : वैशाख १४, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?