कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

आईपीएल : बटलरको शतकमा राजस्थानको जित

एएफपी

मुम्बई — तनावपूर्ण खेलमा जस बटलरको उत्कृष्ट १ सय १६ रनको मद्दतले राजस्थान रोयल्सले शुक्रबार दिल्ली क्यापिटल्सलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा १५ रनले पराजित गरेको छ ।

आईपीएल : बटलरको शतकमा राजस्थानको जित

खेलको अन्तिम ओभरमा तनाव उत्कृर्षमा पुगेको थियो । इंग्ल्यान्डका बटलरले नौ चौका र नौ छक्का प्रहार गरे र राजस्थानले दिल्लीलाई २ सय २३ रनको विजयी लक्ष्य दिएको थियो ।

यो उनको यस संस्करणको तेस्रो शतक रह्यो । लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा ऋषभ पन्तको नेतृत्वमा रहेको दिल्ली र मैदानमा रहेका अम्पायरबीच चर्को विवाद भएको थियो । दिल्लीलाई अन्तिम ओभरमा ३६ रन चाहिएको थियो र रोभमन पावेलले अर्का वेस्ट इन्डिज बलर ओबेड म्याककोयको सुरुआती तीन बलमा तीन छक्का प्रहार गरे ।

म्याककोयको चौथो बल फुलटस रह्यो र त्यसलाई नो बल दिनुपर्ने दिल्लीको माग थियो । पावेलले १५ बलमा ३६ रन बनाए, तर उनी म्याककोयको अन्तिम बेलमा आउट भए । खेल टुंगिदा दिल्ली आठ विकेट गुमाएर २ सय ७ रनको स्थितिमा रह्यो । त्यसमा ऋषभ आफैले सर्वाधिक ४४ रन बनाए ।

त्यसअघि बटलर र उनका प्रारम्भिक ब्याट्र साथी देवदत्त पाडिकलले पहिलो विकेटका लागि १ सय ५५ रनका साझेदारी गरे । पाडिकलले ३५ बलमा ५४ रन बनाए र टिमले दुई विकेटमा २ सय २२ रन बनाएको थियो । यस्तै कप्तान सन्जु साम्पसनले १९ बलमा ४६ रन बनाए । यो जितपछि राजस्थान १० अंकमा लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

प्रकाशित : वैशाख १०, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?