१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
आईपीएल

कोलकातामाथि राजस्थानको सनसनीपूर्ण जित

एएफपी

मुम्बई — जस बटलरको शतक र युजवेन्द्र चाहलको ह्याट्रिकको मद्दतले राजस्थान रोयल्सले सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई सनसनीपूर्ण खेलमा सात रनले पराजित गरेको छ ।

कोलकातामाथि राजस्थानको सनसनीपूर्ण जित

इंग्लिस ब्याटर बटलरले १ सय ३ रन बनाए र त्यसको मद्दतले राजस्थानले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय १७ रन बनायो । यो यस सिजनकै अहिलेसम्मको उच्च स्कोर हो ।

त्यसको जवाफमा कोलकाता १९.४ ओभरमा २ सय १० रन बनाएर अलआउट भयो । उमेश यादवले अन्त्यतिर नौ बलमा २१ रन बनाए पछि कोलकाता जितको नजिक पुगेको थियो ।

तर राजस्थानका बलर ओबेड म्याककोयले अन्तिम ओभरमा ११ रनको रक्षा गरे । कप्तान श्रेयस अय्यरले ५१ बलमा ८५ रन बनाए । तर चाहलले ४० रनमा पाँच विकेट लिएर कोलकातालाई सफलतापूर्वक रोके ।

प्रकाशित : वैशाख ६, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?